चीनको दक्षिणी क्षेत्र ग्वाङडोङमा भारी बर्षापछि आएको हावाहुरी र बाढीले जनजीवन कष्टकर बनेको छ । बाढीका कारण ग्वाङडोङमा आपत्कालीन अवस्था उत्पन्न भएको छ ।
शहरका बस्तीहरुमा बाढी पस्दा यातायात, टेलिफोन सेवा समेत प्रभावित बनेको छ ।
अन्य शहरहरुमा पनि बाढी पसेकाले थप क्षति हुन नदिन चीनका जनतालाई सुरक्षित स्थानतर्फ सारिएको छ । भारी बर्षा अझ केही दिनसम्म रहने मौसमबिद्हरुले जनाएका छन् ।