पाकिस्तानको इस्लामावाद विमानस्थल नजिकै विमान दुर्घट्ना, १२७ यात्रु मृत्यु


 

काठमाडौ, वैशाख ८ – पाकिस्तानको कराँची सहरबाट राजधानी इश्लामावादतर्फ उड्दै गरेको विमान इश्लामावाद विमानस्थल नजिकै दुर्घट्नाग्रस्त हुँदा १२७ यात्रु मृत्यु भएको भएको छ । खराव मौसमका कारण दुर्घट्ना भएको बताइएको छ ।

 


 

उड्डायन अधिकारीहरुले खराव मौसमको कारण दुर्घट्ना भएको बताएका छन् । भोजा एयर विमान स्थानीय समय अनुसार साँझको ५ बजे कराँचीबाट उडेर ६ बजेर ५० मिनेटमा इश्लामावादमा अवतरण हुने कार्यक्रम थियो ।

सेनाले विमान इस्लामावाद विमानस्थलबाट १५ किलोमिटर टाढा लोइ भिर इलाकामा खसेको बताएको पाकिस्तानी पत्रकार खालिद खानले बताए। सेनाले त्यस क्षेत्रमा उद्धार कार्य थालेको छ। खानका अनुसार लोइ भिरका स्थानीय बासिन्दाहरुले विमान दुर्घटना हुनुभन्दा अघि नै त्यसमा आगो लागेको देखेको बताएका छन्। 

 प्रतिरक्षामन्त्री चौधरी अहमेद मुखरले विमानस्थलभन्दा केही माइल टाढा आकाशमै विष्फोट भएको र त्यसको ज्वालादेखिएको उल्लेख गरिएको छ ।