मेक्सिकोको एक रेष्टुरेन्टमा अज्ञातबन्धुकधारीले गोली प्रहार गरी १५ जनाको हत्या गरेको छ । मेक्सिकोको चिहुआहुआ शहरको रेष्टुरेन्टमा हतियार सहित प्रवेश गरेको एक ब्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा १५ जनाको मृत्यु भएको हो ।
मारिनेमा दुई पत्रकार पनि रहेको बताईएको छ ।
यही रेष्टुरेन्टमा गत फेबु्रअरीमा पनि अज्ञात ब्यक्तिको गोली प्रहारबाट ९ जनाको मृत्यु भएको थियो । घटनामा थुप्रै घाइते भएका छन् । घटना गराउने ब्यक्तिको खोजी तीब्र पारिएको प्रहरीले जनाएको छ ।