बर्माका प्रजातन्त्रवादी नेतृ आङसाङ सूचीले आजबाट शुरु हुने बर्माको संसद सत्रमा भाग नलिने जनाउँदै संसद बैठकअघि हुने शपथ पनि बहिष्कार गरेकी छिन् ।
शपथको भाषामा आपत्ति जनाउँदै सूचीसहित उनको नेशनल लीग फर डेमोक्रेसी एनएलडीका ४३ सांसदले संसद सत्र बहिष्कार गर्न लागेका हुन् ।
शपथको भाषामा संविधानको रक्षा भन्ने शब्दको सट्टा संविधानको आदर हुनुपर्ने अडान उनको छ । तर बर्मा सरकारले शब्दावली परिवर्तन नगरेकाले संसद सत्र बहिष्कार गर्नु परेको सूचीको भनाइ छ । बर्माको संविधान सैन्य शासकहरुले बनाएका हुन् जुन सन् २००८ मा लागू गरिएको हो ।
करीब ५० बर्षसम्म सैन्य शासकको अधिनमा रहेको बर्मामा गत बर्ष नागरिक सरकारले सत्ता सम्हालेको छ ।