फ्रान्समा भएको राष्ट्रपति निर्वाचनको पहिलो चरणमा सोशलिष्ट पार्टीका उम्मेदवार फ्रास्वाँ ओलार्डले वर्तमान राष्ट्रपति निकोलस सार्कोजीलाई पछि पारेका छन् ।
ओलार्डले २८ दशमलव ५ प्रतिशत मत प्राप्त गरेका छन् भने सार्कोजीको पक्षमा २७ प्रतिशत मत परेको छ । निर्वाचनका लागि १० जना उम्मेदवार चुनावी मैदानमा थिए ।
पहिलो चरणमा बढी मत ल्याएलगत्तै ओलार्डले फ्रान्सको अर्थ व्यवस्था सुधार्न आफनो महत्वपूर्ण भूमिका रहने भन्दै आउँदो पाँच बर्षका लागि आफनो काँधमा जिम्मेवारी दिन जनतासमक्ष अपील गरेका छन् । सार्कोजीले भने पाँच बर्षमा आफूले जनताका लागि धेरै काम गरेपनि त्यो काफी नभएकाले भावी राष्ट्रपतिमा आफुलाई चुन्न जनतासमक्ष अपील गरेका छन् ।
फ्रान्सको इतिहासमा सन् १९५८ पछि वहालवाला राष्ट्रपति पहिलो चरणमै पराजीत भएको यो पहिलो घटना हो । दोश्रो चरणको मतदान आगामी मे ६ तारीखमा हुनेछ ।