छ जना भारतीय बैज्ञानिकलाई बेलायती रोयल सोसाइटीको फेलोशिप अवार्डद्धारा सम्मान

बेंग्लोरका जीब बैज्ञानिक कृष्णास्वामी बिजय राघवन र बेलायत इम्पेरियल कलेजका भारतीय प्रोफेसर तेजिंदर सिंह विर्दी सहित छ जना भारतीय बैज्ञानिकलाई बेलायती रोयल सोसाइटीको फेलोशिप अवार्डद्धारा सम्मान गरिएको छ । बिश्वका लागि योगदान दिएका चर्चित बैज्ञानिकहरुलाई प्रदान गरिने यो अवार्ड बिश्वबिख्यात बैज्ञानिक अल्वर्ट आइन्स्टाइन,न्युटन, र स्फीफन होकिंग जस्ता बैज्ञानिकहरुलाई प्रदान गरिसकेको छ ।


बेंग्लोरका बैज्ञानिक बिजय राघवनलाई भारतीय जीव बिज्ञानलाई उकास्नमा मद्दत गरेबापत यो अवार्ड प्रदान गरिएको हो, भने प्रोफेसर विर्दीलाई हेड्रोन कोलाइडर निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेबापत प्रदान गरिएको हो । यसबाहेक भारतका अन्य चार जना बैज्ञानिकलाई पनि आ आफनो क्षेत्रमा पुर्याएको योगदानका लागि प्रदान गरिएको हो । हरेक बर्ष सामुहिक रुपमा प्रदान गरिने फेलोशिप अवार्ड यो बर्ष भारतीय बैज्ञानिकहरुलाई प्रदान गरिएको हो ।