– अमर खड्का
इटहरी, वैशाख १२ – नेपाल आदिवासी जनजाति महासंघले आज आह्वान गरेको तराई बन्दले जनजीवन प्रभावित भएको छ। पूर्वी तराईको झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा लगायतका जिल्लाका मुख्य तथा सहायक राजमार्गमा यातायातका साधन चलेका छैनन्। बन्दकर्ताले दूध बोकेको गाडी फोडे सडकमा मोटरसाइकल, एम्बुलेन्स, शववाहन र अतिआवश्यकीय सवारी साधन चलेपनि सार्वजनिक यातायातका ठप्प छन्। बन्दकर्ता बिहानैदेखि मुख्य-मुख्य चोकमा भेला भएर बसेका छन्।
पूर्वका मुख्य बजारका केही सीमित पसलबाहेक अधिकांस पसल बन्द छन्। शिक्षण संस्था पनि बन्द भएका छन्।
इटहरीमा बजार-पसल बन्द गराउँदै हिड्ने आठ जना वन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ। एकपछि अर्को समुहले पूर्वमा श्रृख्लाबद्ध रुपमा वन्द-हड्ताल गर्ने गरेकाले सर्वसाधारण भने आजि्रत भएका छन्।
आदिवासी जनजाति महासंघले जातीय संघीय राज्यसहित संविधान जारी गर्नुपर्ने तोकिएकै समयमा संविधान जारी गर्नुपर्ने, संवैधानिक समितिलाई निर्णयक बनाइनुपर्ने लगायतका माग गर्दै एक दिने तराई वन्द आह्वान गरेको हो।