संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले दक्षिण सुडानमाथि बमबारी गरेकोमा सुडान सरकारको आलोचना गर्नु भएको छ ।
दक्षिण सुडानसँगको विवादास्पद सीमा क्षेत्रमा सुडानी सैनिकले गरेको सैन्य कारवाहीको आलोचना गर्दै बानले तत्काल कारवाही रोक्न भन्नुभएको छ ।
गत वर्ष जुलाईमा सुडानबाट दक्षिण सुडान अलग्गिएसँगै दुई राष्ट्रबीच तिक्तता बढेको छ ।
पछिल्लो पटक दक्षिण सुडानका सैनिकले तेल खानीले भरिएको हेल्गीग प्रान्तमा कब्जा जमाएपछि दुई राष्ट्र युद्धको अवस्थामा पुगेका हुन् ।
दुई हप्तासम्म चलेको युद्धपछि दक्षिण सुडानले आफ्ना सैनिक विवादास्पद क्षेत्रबाट फर्काएको बताएको छ भने सुडानले विरोधीलाई हराउँदै हेल्गीग प्रान्त नियन्त्रणमा आएको दावी गरेको छ ।
युद्धमा दक्षिणी सुडानका झण्डै १ हजार सैनिक मारिएको दावी सुडानको छ ।