– वीरेन्द्र केसी
धातीवाङ्ग, अर्घाखाँची – १२ औं जिल्ला अधिवेशनमा निर्वाचित भएपछि गाउँ-गाउँमा पुगेर छोटो अवधीमै कार्यकर्ता माझ लोकपि्रय बनेका कांग्रेस जिल्ला सभापति कमलप्रसाद भुसालले संगठन विस्तारसँगै जिल्लाको विकास निर्माणका योजनाको रणनीति तयार गर्न यस पाली गुफा भित्र गएर बैठक बसाले । सदरमुकाम देखि ५० किलोमिटर पुर्वी धातीवाङ्ग गाविसको सिद्धेश्वर गुफा भित्र जिल्ला कार्य समितिको बैठक बसेको हो ।
अर्घाखाँचीको धातीवाङ्ग गाविसको सिद्धेश्वर गुफाभित्र काग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीको बैठकमा सहगाभी सभापति कमल प्रसाद भुसाल लगायत नेताहरु छलफल गर्दै ।
खोलाको किनारामा रहेको अनकन्टार झाडी सहितको जंगलको बीचमा अवस्थित अनौठा संरचना र विभिन्न किसिमका आकृतीहरु रहेको ६ तले गुफा भित्र मुलद्धारको पहिलो तला कोठा मा करिब ३० जना अटाउन सक्ने गुफामा सोमबार काग्रेसको बैठक बसेको हो । जिल्लामा रहेका पर्यटकीय स्थलहरुलाई प्रचारप्रसार गर्ने र आन्तरिक तथा बाहय पर्यटक भित्राउने उद्देश्यले यहाँ बैठकको आयोजना गरिएको भुसालको दावी छ । बैठकमा सबै पदाधिकारी सहित बहुमत सदस्य उपस्थित भएका थिए ।
गुफा भित्रैबाट कार्यकर्तालाई सम्बोधन गर्दै काग्रेस सभापति कमलप्रसाद भुसाल ।
सधै पार्टी कार्यालयमा बैठक बस्ने गरेको सुनेका गाउँका काग्रेस कार्यकर्ताहरु आफनै गाउँको गुफा भित्र बैठक बस्न आएपछि गुफामा काग्रेस नेता तथा कार्यकर्ताको ठुलो भीड लागेपछि गुफा भित्रैबाट सभापति भुसाल र सचिव बासुदेव आचार्यले दुई घण्टा भाषण गरेका थिए । उनीहरुले २०६२,०६३ को जनआन्दोलनबाट देशमा शान्ति ल्याउन काग्रेसको महत्वपुर्ण भुमिका रहेको भन्दै सबै पार्टीलाई साथमा लिएर काग्रेसको नेतृत्वमा गाउँमा विकास निमर्ँणका काम गर्न कार्यकर्तालाई निर्देशन दिए । शान्ति र संविधानका लागि पनि काग्रेस निर्णायक भुमिक हुने बताए ।
गुफा अगाडी समुहिक तस्बिर खिचाउँदै काग्रेस नेताहरु ।
गाउँका कार्यकर्ताले जिल्ला नेतालाई फुलमालाले स्वागत गर्दै गाउँभरी दुध जम्मा गरर खिर खुवाएर खुसीयाली मनाएका थिए । धेरैजसो महिलाहरुको संख्या उलेख्य थियो । कतिपयले आफुहरु तीन घण्टा पैदल हिडेर आएको बताए । बैठक बस्नु त नौलो नै भयो तर जिल्लाका सबै नेताहरु गाउँमा यसरी आएको ईतिहाँसमै पहिलो पटक भएको धातीवाङ्ग गाउँ कार्य समितिका सभापति मोदनाथ पौडेलले बताए । द्धन्द्धको बेला संगठन गर्नु त कुरै थिएन कसरी ज्यान बचाउन पाए हुन्थ्यो भन्ने थियो उनले भने डर त्रासमा बाँच्यौ तर अहिले नेताहरु गाउँमै आउँदा काग्रेसको संगठन फेरी जाग्दैछ । द्धन्द्धको बेला माओवादीले यहाँबाट २ जना काग्रेस नेताको घरमा तालावन्दी गरि लखेटेका थिए ।
बैठकले संगठन विस्तार गर्न नयाँ रणनीति तयार गर्दै द्धन्द्धको समयमा संगठन नछाडेर बसेका कार्यकर्ताहरुलाई जगाउने जसको लागि गाउँमा सभा गर्ने घरदैलो अभियान सचालन गर्ने जनताको माझमा गएर विकास निर्माणका काम र समस्याबारे छलफल गर्ने खानेपानी शिक्षा स्वास्थ्य पर्यटन कृषि सामाजिक सेवा लगायतका विकास निमर्ँणका योजना छनोट गर्न सघाउने उद्देश्य रहेको बैठकपछि अर्का सचिव लोकेन्द्र विकले बताए । उनले ४२ वटौ गाउँमा पार्टी निमर्ँण कि्रयाशिल सदस्यता वितरण जेष्ठ नागरिक सम्मान विद्यार्थी महिला दलित जनजाती लगायत युवाहरुलाई संगठित गर्ने कार्यलाई शसक्त बनाईने बताए । यस्तो सुन्दर ठाउँमा बैठक बस्दा ठोस निर्णय हुने भएकाले गुफामा बसेको बैठक आफैमा महत्वपुर्ण भएको काग्रेस नेताहरुले बताए । बैठक बस्नु अघि सबै नेताहरु गुफा भित्र लाईट बत्ती बालेर सुरुङ्ग भित्र समेत घुमे ।
बैठकको १५ हजार रुपैयाँ खर्च लागेको कोषाध्यक्ष हरिबहादुर खडकाले बताए । बैठकपछि काग्रेस जिल्ला सदस्य देवराज श्रेष्ठले गुफा संरक्षण समितिलाई ५ हजार १ सय रुपैयाँ आर्थिक सहयोग गरे ।
सभामा सहभागी काग्रेस कार्यकर्ताहरु ।
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.