मेक्सिकोमा ज्वालामुखी बिस्फोटपछी उच्च तापमानका कारण मेक्सिकोको उत्तरी क्षेत्रमा रहेको जंगलमा भीषण आगलागी भएको छ ।
आगलागीका कारण हजारौं हेक्टर बन जंगल जलेर नष्ट भएको छ ।
आगो नियन्त्रणका लागि थुप्रै दमकल र हेलिकप्टर प्रयोग गरिएतापनि आगलागी नियन्त्रणमा आएको छैन ।
आगो बस्तीमा पनि फैलन सक्ने सम्भावनालाई ध्यानमा राख्दै केही बस्तीहरु खाली गराइएका छन् ।
आगो निभाउने प्रयास जारी नै छ । मेक्सिकोमा गत सातादेखि पटक पटक ज्वालामुखी बिस्फोट हुने क्रम पनि रोकिएको छैन ।