काठमाडौ,१४ बैशाख बजारमा तेलको अभाव भएपछि सरकारले तेल किन्न आयल निगमलाई ७५ करोड रुपैया दिएको छ । निगमका कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालका अनुसार अर्थ मन्त्रालयले बुधबार ७५ करोडको चेक दिएको हो ।
निगमले मागेको भ्याट फिर्ताको २ अर्ब रुपैया मध्ये एक अर्ब पनि पाएको छ । एक साता अघि अर्थ मन्त्रालयले निगमलाई २५ करोड रुपैया दिएको थियो ।निगमले मागेको सहयोग अनुसार अब एक अर्ब रुपैया सरकारले दिन बाकी छ ।सरकारबाट प्राप्त रकम शुक्रबार भारतिय आयल निगमलाई पठाईने छ ।
त्यो रकम पछि अझै १ अर्ब६० करोड रुपैया बक्यौता रहने निगम स्रोतको आबी छ।
भारतिय आयल निगमलाई सो रकम पठाएपछि पेट्रोलियम पदार्थ आपूर्तिका लागि बार्गेनिङ गर्न मद्धत पुग्ने छ ।
बजारमा पेट्रोलियम पदार्थको चरम अभाव हुन थालेपछि अन्तराष्ट्रिय बजार भाऊ मुताविक मूल्य समायोजन गर्न या सरकारले रकम उपलब्ध गराउनु पर्ने नेपाल आयल निगमले भन्दै आएको छ ।