पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री युसुफ रजा गिलानीले अदालतको मानहानी गरेको ठहर गरेको छ ।
अदालतको यो.फैसलापछि उनलाई ६ महिनासम्मको सजायँ हुनसक्ने छ ।
मुद्दाको फैसला सुन्न गिलानी आफै अदालतमा उपस्थित थिए । उनको मुद्दाको फैसला अन्यायपूर्ण भएको भन्दै गिलानीले आफु विरुद्धको फैसला मान्न तयार रहेको प्रतिक्रिया दिएका छन् ।
गिलानीको फैसला सुन्न उन्का समर्थकहरु अदालत परिसरमा भेला भएका थिए् । पाकिस्तानको सर्वोच्च अदालतले जनवरी १६ मा विभिन्न नेताहरुलाई दिइएको आममाफीको विषयमा प्रधानमन्त्री गिलानीमाथि अदालतको आदेश अवज्ञा गरेको भन्दै नोटिस जारी गरेको थियो ।
अदालतले राष्ट्रपति जर्दारीसंग जोडिएको भ्रष्टाचारसम्बन्धी मुद्धा अघि बढाउन स्वीस अधिकारीहरुलाई आग्रह गर्न प्रधानमन्त्रीलाई निर्देशन दिएको थियो । तर प्रधानमन्त्री गिलानीले सो मुद्धा अगाडि बढाउन अस्वीकार गर्दै आउनु भएको थियो ।
गत जनवरी १९ मा अदालतमा उपस्थित हुंदै प्रधानमन्त्री गिलानीले दुई तिहाई जनताबाट निर्वाचित राष्ट्रपति विरुद्ध मुद्धा अघि बढाउंदा राम्रो संदेश नजाने जिकिर पनि गर्नु भएको थियो ।
पाकिस्तानमा गिलानी सरकार न्यायपालिका र शक्तिशाली सेनाको विवादमा फसेको छ । पाकिस्तानमा अदालतले दोषी ठहर गरे राष्ट्रपति र प्रधानमन्त्रीको कुर्र्सी संकटमा पर्ने विश्लेषण गरिएको छ ।