नाइजेरियाको दुई सञ्चारगृहमा आत्मघाती बिस्फोट हुँदा सात जना मारिए

नाइजेरियाको दुई सञ्चारगृहमा आत्मघाती बिस्फोट हुँदा सात जना मारिएका छन् । बिस्फोटमा २६ जना घाइते भएका छन् ।

 

नाइजेरियाको कदुना, अबुजा शहरमा रहेको पत्रिकाको कार्यालयमा एकसाथ कारमा प्रवेश गरेका अज्ञात ब्यक्तिहरु कार्यालयमा प्रवेश गरी आत्मघाती बिस्फोट गराएको थियो ।

 

बिस्फोट लगत्तै भागदौड मच्चिेकै बेला अर्का ब्यक्तिले कार्यालयभित्र बम फालेको र त्यो बिस्फोट भएको बताइएको छ । बिस्फोटको जिम्मेवारी आतंकबादी समूह बोको हरामले लिएको छ । बिस्फोटलगत्तै नाइजेरियाको सुरक्षाब्यबस्था कडा तुल्याइएको छ ।