काठमाडौं। उच्च माध्यामिक शिक्षा परिषद् अन्तर्गत कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । विहान ७ बजेदेखि सुरु भएको परीक्षा हरेक दिन विहान दस बजेसम्म जारी रहने छ ।
परिषद्का अनुसार देशभरबाट गरी चार लाख पाँच हजार पाँच सय २६ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन् । परीक्षा अवधिभर एक सय ३७ विषयको परीक्षा हुने जानकारी परीषद्ले दिएको छ ।
परीक्षा व्यवस्थापनको लागि नौ सय २५ केन्द्राध्यक्ष तोकिएको छ भने अमर्यादित गतिविधि रोक्न अघिल्ला वर्षमा जस्तै अनिवार्य विषयका दुईथरीका प्रश्नपत्र बनाइएको छ ।
यसैबीच सामुदायिक उच्च माध्यामिक बिद्याल शिक्षक युनियनले पनि कक्षा १२ को परीक्षमा सहयोग गर्न सहमत भएको छ ।
युनियनका पदाधिकारी र उच्च माध्यामिक परिषद्का सदस्य सचिव भीमलाल गुरुङ्बीच भएको वार्तापछि युनियन परीक्षमा सहयोग गर्न तयार भएको हो । सामुदायिक उच्च माविको सम्वन्धन, शिक्षकदरबन्दी, शिक्षकलाई निुक्तिपत्र दिनुपर्ने लगायतका १५ सूत्रीय माग राख्दै युनियनले आन्दोलन गर्दै आएको थियो भने कक्षा ११ र १२ को परीक्षामा सहयोग नगर्ने चेतावनी यसअघि दिएको थियो ।