मलेसियामा निर्वाचन प्रणालीमा सुधारको माग गर्दै दोश्रो दिन पनि प्रदर्शन जारी

 निर्वाचन प्रणालीमा सुधारको माग गर्दै मलेसियामा आज दोश्रो दिन पनि प्रदर्शन जारी


मलेसियामा निर्वाचन प्रणालीमा सुधारको माग गर्दै आज दोश्रो दिन पनि प्रदर्शन जारी छ ।

 

राजधानी क्वालालम्पुरमा जम्मा भएका सयौं कार्यकर्ता र प्रहरीबीच भएको झडपमा थुप्रै घाइते भएका छन् ।

 

मलेसियाका बिभिन्न शहरमा प्रदर्शनकारीले र्यालीको आयोजना गरी आफूहरुको माग पूरा नभए कडा संघर्षमा उत्रने चेतावनी समेत दिएका छन् ।

 

बिरोध प्रदर्शनलाई ध्यानमा राखी शहरका मुख्य मुख्य क्षेत्रमा तारबार लगाउनुका साथै सुरक्षाब्यबस्था निकै कडा तुल्याईएको छ ।

 

प्रदर्शन प्रतिपक्ष समर्थिन सुधारबादी समूह बर्सिहको नेतृत्वमा भएको हो ।

 

मलेसियाको संसदले यसै महिना चुनावी सुधारसम्बन्त्री थुप्रै प्रस्तावहरु पारित गरेको छ । तर प्रदर्शनकारीहरुले निर्वाचन आयोग निष्पक्ष नभएको र मतदाता नामावली नै त्रुटिपूर्ण भएको आरोप लगाएका छन् ।