जातीय अखण्डता र सद्भाबकालागि संयुक्त संघर्ष समिति अर्घाखाँचीले ज्ञापन पत्र बुझाए

– प्रेमनारायण आचार्य


  अर्घाखाँची १७ बैसाख । जातीय अखण्डता र जातीय सद्भाबकालागि संयुक्त संघर्ष समिति अर्घाखाँचीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । 


   राज्यको पुनस्रंरचाना जातीय आधारमा नभई भौगोलिक आधारमा हुनु पर्ने  खस क्षेत्री ब्राह्मण  ठकुरी दसनामी र दलित लगायतका जातीलाई आदीबासीमा सुचिकृत गर्नु पर्ने लगायतका मागराखि बिभिन्न जातीय संघहरुले ज्ञापन पत्र बुझाएका हुन । 


  क्षेत्री समाजका जिल्ला अध्यक्ष लेख बहादुर  टण्डन ब्राह्मण समाज नेपालका जिल्ला अध्यक्ष ज्ञानराज न्यौपाने दलित जागरण सेवा संघका जिल्ला अध्यक्ष मणिराम परियार ठकुरी समाज महासघका प्रदिप नारायण शाह र दसनामी समाज अर्घाखाँचीका बाबुराम गिरी लगायतको उपस्ििथतिमा सहायक प्रमुख जिल्ला अधिकारी भेसराज खनाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.



अन्य समाचारहरु