संविधान लेखनका विवादित विषयमा सहमति जुटाउने उद्धेश्यले प्रमुख दलका नेताहरुबीच भएको छलफल निष्कर्षविहिन

विजय श्रेष्ठ

 

संविधान लेखनका विवादित विषयमा सहमति जुटाउने उद्धेश्यले प्रमुख दलका नेताहरुबीच आज भएको छलफल पनि विना निष्कर्ष स्थगित भएको छ । विहान र दिउँसो गरी दुइ चरणमा बसेको वैठकमा शासकीय स्वरुप, राज्य पुनर्संरचनाका साथै राष्ट्रिय सरकार गठनको विषयमा छलफल भएको नेताहरुले बताएका छन् ।

 

यसअघि संविधानका विवादित बूँदमा मात्रै छलफल हुंदै आएकोमा प्रमुख तीन दल र मधेशी मोर्चाका शिर्ष नेताहरुको वैठकमा आजदेखि राष्ट्रिय सरकार गठनको विषयमा पनि छलफल शुरु भएको हो । नेताहरुले पर्सिसम्ममा सहमतिमा पुग्ने र पर्सि नै संविधान सभाको वैठक पनि बस्ने पनि बताएका छन् ।

दलहरुबीच शासकीय स्वरुप, राज्य पुनर्संरचनामा तीव्र मतभेद रहेको छ ।

 

एकीकृत माओवादीले हात्तिवन रिसोर्ट वैठकमा भएको सहमति विपरित जातीय नामका १० प्रान्तको प्रस्ताव अघि सारेपछि संघीयता झन झन विवादमा पर्दै गएको छ । नयाँ संविधान जारी गर्नुपर्ने अन्तिम सीमा जेठ १४ नजिकिंदै जाँदा दलहरुमाथि दबाब बढेपनि सहमतिको बाटो अभैmसम्म देखा परेको छैन ।

 

यसैबीच, नेताहरु ब्यस्त रहेको भन्दै आजका लागि बोलाइएको संविधान सभाको वैठक पनि बैशाख १९ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ ।