भारतको आसाममा डुंगा दुर्घटना हुँदा कम्तीमा एक सय तीन जनाको मृत्यु

भारतको आसाम राज्यको ब्रम्हपुत्र नदीमा डुंगा दुर्घटना हुँदा कम्तीमा एक सय तीन जनाको मृत्यु भएको छ ।

 

भने सय भन्दा बढी हराइरहेका छन् ।

 

 रातीको समयमा दुर्घटना भएकोले उद्धारकार्यमा कठिनाई भएको उद्धारकर्मीहरुले जनाएका छन् ।

 

आसामको मुख्य शहर गुवाहाटीदेखि ३ सय ५० किलोमिटर पश्चिममा रहेको नदीमा डुंगा डुबेको हो ।

 

तीब्र हावा र बर्षापछी आएको आँधीले डुंगा डुबाएको अनुमान गरिएको छ । उद्धारका लागि सेना, प्रहरी घटनास्थलमा पुगेका छन् ।