अर्घाखाँचीमा १२३ औ अन्तरराष्टिय श्रमिक दिवस, शान्ती र संबिधान बिरोधी समाप्त भएर जाने स्थानीय विकास मन्त्रि टोप बहादुर रायमाझीको भनाई

– प्रेमनारायण आचार्य


    अर्घाखाँची १९ बैशाख  । स्थानीय विकास मन्त्रि टोप बहादुर रायमाझीले बैद्य पक्षलाई ईकित गर्दै शान्ती र संबिधानका बिरोधीहरु आफै समाप्त भएर जाने बताउनु भएको छ । 


   पार्टीमा निरन्तर रुपमा एक समुह परिर्वतनको विपक्षमा उभिदै आएको चर्चा गदै आलोकरविन्द्र देखी मातृका यादव सम्म अनेक प्रवृतीहरु समात्त हुदै गएको स्मरण गराउदै बैध समुह पनि विसर्जन भएर जाने दावी गर्नुभएको छ ।


   शान्ति र सविधानको कार्यभार पुरा नर्गदै बर्तमान सरकार विघटन नहुने भन्दै जेठ १४ पछि भने सरकारको विषयमा पनि छलफल गर्न सकिने उहाको भनाई थियो । मन्त्रि रायमाझीले निधारित समयमै सबै दलहरुको सहमतीका आधारमा सविधान जारी हुने बताउनुभयो ।


१२३ औ अन्तरराष्टिय श्रमिक दिवसको अवसरमा एकिृकत नेकपा माओवादी जिल्ला संगठन समिती अर्घाखाँचीले मगलवार आयॊजना गरेको कार्यक्रममा बोल्दै माओवादी स्थायी समिती सदस्य समेत रहनु भएका रायमाझीले पाटी उपाध्यक्षु मोहन बैधको समुह जड सुत्रवादी रहेको आरोप लगाउनुभयो ।

 

 

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.



अन्य समाचारहरु