अमेरिका र चीनवीच द्धिपक्षीय रणनीति तथा कुटनीतिक वार्ता शुरु

अमेरिका र चीनवीच द्धिपक्षीय रणनीति तथा कुटनीतिक वार्ता शुरु हुंदै गर्दा चीन सरकार विरोधी अधिकारकर्मी चेन ग्वांगचेङ्गले बेईजिङस्थित अमेरिकी दुताबास छाडेका छन् ।

 

केही दिन अघि आफ्नै निवासमा चिनियां सुरक्षा अधिकारीहरुको नजरबन्दमा रहेको उनी भागेर अमेरिकी दुताबासमा शरण लिएका थिए । अमेरिकी बिदेशमन्त्री हिलारी क्लिन्टनको सहभागितामा बेईजिङमा द्धिपक्षीय वार्ता शुरु हुंदै गर्दा चेनले अमेरिकी दुताबास छाडेका हुन् ।

 

चेनले आफ्नो परिवारको सुरक्षाका कारण आफुले अमेरिकी दुताबास छाडेको बताए पनि उनी चीन बाहिर जान चाहेका संचार माध्यमहरुले जनाएका छन् । नजरबन्दबाट भागेर अमेरिकी दुताबासमा शरण लिएपछि चेनका केही आफन्तलाई प्रशासनले पक्राउ गरेको थियो । चीनको एक बच्चा जन्माउने नीतिका विरुद्धमा अभिब्यक्त दिदै आएका चेन दृष्टिविहिन हुन् । द्धिपक्षीइ वार्तामा बोल्दै क्लिन्टनले चीन र अमेरिकावीच आपसी समन्वय हुनुपर्ने बताउनुभएको छ ।

 

 क्लिन्टनले चीन सरकार बिरोधी चेन ग्वांगचेनको अमेरिकी दुतावासमा शरण प्रकरणले दुई देशवीचको सम्बन्धमा असर पार्नु नहुने धारणा ब्यक्त गर्नुभयो । क्लिन्टनले चेनले आफनो परिवारको सुरक्षाका लागि अमेरिकी दूतावासमा शरण लिनु कुनै अहम बिषय होइन भनी प्रष्ट पार्नुभयो् ।