युक्रेनकी पुर्व प्रधानमन्त्री युलिया तिमोशेन्कोलाई कारागारभित्रै दुरव्यबहार गरेको भन्दै थुप्रै युरोपीयन नेताहरुले आसन्न युरोकप फुटबल प्रतियोगिता वहिष्कार गर्ने चेतावनी दिएका छन् ।युत्रेनी प्रधानमन्त्री भिक्टर यानुकोभिचले राजनीतिक पुर्वाग्रहको आधारमा तिमोशेन्कोलाई सजाय दिएको आरोप समेत कतिपय युरोपीयन नेताहरुको छ ।
युरोकप फुटबल प्रतियोगिताको आयोजक मध्यको एक युक्रेनले भने तिमोशेन्कोको कारवाहीलाई कारण बनाएर प्रतियोगिता वहिष्कार गर्न खोज्नु समग्र युरोपको एकता खल्बल्याउने कदमको रुपमा टिप्पणी गरेको छ ।तिमोशेन्कोलाई तत्काल उपचानरको लागि विदेश जाने अनुमती नदिए आसन्न प्रतियोगितामा सहभागि नहुने घोषणा अष्ट्रिया, बेल्जीयम, नेदरल्याण्ड्स लगायतका देशले गरिसकेका छन् । जर्मनीले पनि यो विषयलाई गम्भिरताको साथ हेरेको भन्दै कारागारमा रहेकी तिमोशेन्कोलाई उपचारको लागि जर्मनी आउने अनुमती दिन आग्रह गरेको छ ।
यता यरोपीयन कमिशनका केही उच्च नेताहरुले पनि युक्रेन भ्रमण रद्द गरेका छन् । युक्रेनमा राजनीतिक संकट चुलिएपनि जुन ९ तारीखमा सुरु हुने युरोकप फुटबल प्रतियोगिता भने निर्धारीत मितीमा विना रोकावट संचालन हुने युरोपीयन फुटबल महासंघले जनाएको छ । युरोकप फुटबलको यो संस्करण युक्रेन र पोल्याण्डले संयुक्त रुपले आयोजना गर्दैछन् ।