रुकुममा पाठेघर खस्ने समस्याले पीडित महिलाहरुका लागि निशुल्क शिविर संचालन गरिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय र सुस्मा कोइराला मेमोरियल ट्रस्टको सहयोगमा संचालित शिविरमा रुकुमका २ सय ९७ भन्दा बढी महिलाले निशुल्क उपचार गराएका छन् ।
शिविरमा हालसम्म एक सय १० जनाको शल्याक्रिया गरिएको डा. बिनोद गिरीले जानकारी दिनुभयो ।
स्थानीय स्तरमा आङ खस्ने रोग भनि चिनिने पाठेघर खस्ने समस्याबाट थुप्रै महिलाहरु पीडित भएपनि ईज्जत गुम्ने डर तथा आर्थिक समस्याले समयमै उपचार गराउन सकेका छैनन् ।