नयाँ दिल्ली – अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टन आफ्नो तीन दिने भारत भ्रमणका क्रममा केही बेर अघि पश्चिम बंगालको राजधानी कोलकता आइ पुगेकी छिन्।
भ्रमणका क्रममा क्लिन्टनले विदेश मन्त्री एसएम कृष्णसँग भेट गर्ने छिन्। त्यस क्रममा उनले क्षेत्रीय सुरक्षा, इरान र असेनिक परमाणु साझेदारी जस्ता महत्वपूर्ण विषयमा चर्चा हुने बताइएको छ।
यस अघि बंगलादेशको यात्रामा रहेकी क्लिन्टनले पश्चिम बंगालमा छदा त्यहाँकी मुख्य मन्त्री ममना बनर्जीसँग पनि भेट गर्ने छिन्। – एजेन्सी