समाजवादी फ्रान्कोईस होलिण्डे फ्रान्सको राष्ट्रपति निर्वाचनमा विजय


                                                   फ्रान्कोईस होलिण्डे (L) – निकोलस सार्कोजी (R)

 

फ्रान्समा सम्पन्न राष्ट्रपति निर्वाचनमा समाजवादी नेता फ्रान्कोईस होलिण्डे विजय भएका छन। होलिण्डेले बर्तमान राष्ट्रपति निकोलस सार्कोजीलाई पराजित गर्दै १७ बर्षपछि समाजवादी सत्तामा आएको हो।

 


होलिण्डे समाजवादी उम्मेदवारले जितेको सन् १९८८ पछि यो पहिलो घटना हो। पछील्लो उल्लेख गरिएको मत अनुसार होलिण्डे ५२ % र सार्कोजीको ४८% रहेको छ।

 


राजधानी पेरिसमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै ले चुनाव हरेको सम्पूर्ण उतरर्दायित्व आफुले लिने बताए। र लाई बधाई समेत दिए।

 


यसैगरी निर्वाचनमा विजय घोषणा हुने वितिकै ले आफ्ना समर्थकलाई सम्बोधन गरेका थिए। उनिले फ्रान्समा बस्ने सम्पूर्ण नागरिकको अधिकार एकै हुने बताए। र आफुलाई भोट् दिने सबैलाई बधाई समेत दिए। साथै फ्रान्समा परिवर्तन आएको उल्लेख गरे ।

 


फ्रान्समा बढ्दो बेरोजगारी र युरोपेली आर्थिक संकट चुनावका मुख्य मुद्धा बनेका थिए।

 


होलिण्डे पहिलो चरणको निर्वाचनमा सार्कोजी भन्दा अगाडि थिए। पहिलो चरणको निर्वाचनमा होलिण्डेले २८ दशमलव ६ र सार्कोजीले २६ दशमलव २ प्रतिशत मत पाएका थिए। पहिलो चरणमा उममेदवार भएका फार राईटका मेरिन ली पेन र सेन्ट्रा राईटका फ्रान्कोईस बेरुका मतदाताहरुको झुकाव जता जान्छ उसैले विजय हासिल गर्ने बताईएको थियो।

 


ली पेनले भने भने आफुले मत पत्र खाली राख्ने जनाउंदै समर्थकहरुलाई विवेक प्रयोग गर्न अपील गर्नु भएको थियो। २२ अप्रिलको पहिलो चरणको निर्वाचनमा ९ प्रतिशत मत ल्याएका बेरुले भने होलिण्डेको पक्षमा मतदान गर्न समर्थकहरुलाई अपील गरेका थिए।