कोलोम्बियाको बिद्रोही समूह फार्कले बेपत्ता रहेका फ्रान्सेली पत्रकार आफूहरुको कब्जामा रहेको पुष्टि

कोलोम्बियाको बिद्रोही समूह फार्कले केही महिनादेखि बेपत्ता रहेका फ्रान्सेली पत्रकार आफूहरुको कब्जामा रहेको पुष्टि गर्दै भिडियो सन्देश सार्वजनिक गरेको छ ।

 

गत महिना कोलोम्बियाली सेना र बिद्रोहीबीचका भिडन्तका बेला बिद्रोहीले कब्जामा लिएका फ्रान्सेली पत्रकार रोमियो लाङग्लोइसलाई अपहरण गरिएको दृष्य स्वतन्त्र पत्रकार कार्ल पेन्हउलले सार्वजनिक गरेपछी बिद्रोही समूहले पनि भिडियो सन्देश सार्वजनिक गरेको हो ।

 

उनलाई गत मे महिनामा अपहरण गरेको र अपहरणको कारणबारे केही जनाईएको छैन । लाङग्लोइस फ्रान्सको ट्वान्टी फोर नामक टेलिभिजन र एक स्थानीय पत्रिकाका लागि गत पाँच बर्षदेखि कोलोम्बियामा कार्यरत थिए ।