राष्ट्रपति पदको कडा प्रतिस्पर्धामा उनले वर्तमान राष्ट्रपति निकोलस सार्कोजीलाई पछि पारेका हुन् । यो जितसँगै फ्रान्समा विगत करिब दुई दशकपछि पहिलो पटक समाजवादी विचारका उमेद्वार राष्ट्रपति बनेका हुन् ।
प्राप्त मतअनुसार विजयी उमेद्वार होलिण्डेले ५१.६७ प्रतिशत मत प्राप्त गरेका छन् । त्यसैगरी उनका प्रतिद्वन्द्वी एवम् वर्तमान राष्ट्रपति निकोलस सार्कोजीले भने ४८.३३ मत प्राप्त गरे ।
यो जितसँगै उनी सत्रवर्षपछि समाजवादी दलका तर्फबाट पहिलो राष्ट्रपति बनेका छन् । यसअघि सो विचारका फ्राँस्वा मिटररान्डले सन् १९९५ मा राष्ट्रपतिबाट बाहिरिएका थिए ।
यो दोस्रो चरणको निर्वाचन हो । पहिलो चरणमा उनीहरु दुवै जनाले स्पष्ट बहुमत अथवा पचास प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेकोले आइतबार दोस्रो चरणको मतदान भएको हो ।
यसअघि पनि अप्रिल २२ मा भएको निर्वाचनमा होलिण्डे नै अगाडि थिए । उनले २८ प्रतिशत र उनका प्रतिद्वन्द्वी वर्तमान राष्ट्रपति निकोलस सार्कोजीले २७ प्रतिशत मत प्राप्त गरेका थिए ।
आफ्नो विजयपछि उनले पेरिसमा रहेका हजारौं समर्थकलाई सम्बोधन गर्दै युरोपमा लामो समयपछि त्यहाँका नागरिकले परिवर्तन खोजेकोले यो परिणाम निस्किएको प्रतिक्रिया दिए ।
युरोपेली क्षेत्रमा नै सुरु भएको आर्थिक मन्दीको विकल्पको खोजीका रुपमा नागरिकले आफूलाई रोजेको प्रतिक्रिया पनि उनले दिए । उनका समर्थकरुले पनि सो अवस्थाको सुधारका लागि उहाँलाई बधाइ दिइरहेका बताइएको छ ।
आइतबार नै मतदान केन्द्र सुरु हुना साथै अभिमत सर्वेक्षणहरुले निर्वाचनमा हल्यान्डले विजय हासिल गर्ने अवस्था देखिएको बताएका थिए । यसो भए पनि वर्तमान राष्ट्रपति सार्कोजीले मतभिन्नताको प्रतिशत कम बनाउने सङ्केत दिएका थिए ।
आफ्ना समर्थकलाई उनले भने