रुसमा भ्लादमिर पुटिनद्धारा नयाँ राष्ट्रपतिको सपथ


 

रुसमा आजबाट भ्लादमिर पुटिनले फेरि राष्ट्रपतिको पद सम्हालनु भएको छ । गत मार्चमा भएको विवादास्पद राष्ट्रपति निर्वाचनमा विजयी भएका पुटिनले मस्कोमा आयोजित विशेष समारोहमा मुलुकको नयाँ राष्ट्रपतिको सपथ लिनु भएको हो ।

दोस्रो कार्यकाल समाप्त गरेपछि सन् २००८ मा क्रेमलिनबाट विदा भएका पुटीनले चार वर्षपछि फेरि राष्ट्रपति पद सम्हालनु भउको हो । पुटिनले चार वर्षसम्म प्रधानमनत्रीको पद सम्हाल्नु भएको थियो । रुसी कानुन अनुसार लगातार दुई कार्यकालभन्दा धेरै राष्ट्रपतिको पद सम्हाल्न पाईदैन ।

 

पुटिन राष्ट्रपति पदमा फर्किएलगत्तै निवर्तमान राष्ट्रपति दिमित्री मेदभेदेभ भने प्रधानमन्त्री नियुक्त हुनु भएको छ । पुटिन र मेदभेदेभबीचको शक्ति हस्तान्तरणलाइ विश्व राजनीतिमा निकै चासोका साथ हेरिएको हो ।

 

रुसमा राष्ट्रपतिको कार्यकाल ६ वर्षको हुनेछ । यसैबीच बढ्दो बेरोजगारी समस्या समाधानमा गम्भीर नभएको भन्दै रुसमा राष्ट्रपति पुटिनविरुद्ध ब्यापक जनप्रदर्शन भएको छ । राजधानी मस्कोमा ठूलो संख्यामा मानिसहरुले पुटिनविरुद्ध ब्यापक प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको भीडन्तमा थुप्रै घाइते भएका छन् भने प्रहरीले बिपक्षी दलका तीन नेतासहित केही प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको छ ।