जेठ १४ भित्र समावेशी र लैंगिक मैत्री संविधान जारी गर भन्दै महिलाहरुद्धारा धर्ना


 

काठमाडौ – जेठ १४ भित्र समावेशी र लैंगिक मैत्री संविधान जारी गर भन्दै महिलाहरुले सोमबार नयाँ बानेश्वरस्थित संविधानसभा भवन अगाडि धर्ना दिएका छन् । महिला अधिकारकर्मी, विभिन्न संघ/संस्थामा आवद्ध महिलाहरु, सर्वसाधारण, पत्रकार लगायतहरुले बिहान १० बजेदेखि साढे ११ बजेसम्म धर्ना दिएका दिएका हुन् ।

कुनै पनि हालतमा जेठ १४ मा नयाँ संविधान जारी हुनुपर्ने माग राख्दै महिलाहरुले ‘शान्ति र संविधानका लागी दवाव अभियान’ थालेको बताएका छन् । त्यस्तै मंगलबारदेखि हरेक विहान साढे ९ बजेदेखि साढे १० बजेसम्म नयाँ संविधान जारी नहुञ्जेल धर्ना अभियान दिइने पनि अभियानकारी महिलाहरुले जानकारी दिए । . कान्तिपुर