– वीरेन्द्र केसी
अर्घाखाँची – नेपाल सरकारका मन्त्री टोपबहादुर रायमाझीले जेठ १४ पछि चुनावी सरकारको नेतृत्व काग्रेसले पाउने बताएका छन । उनले सहमतीय सरकारको नेतृत्वमा जेठ १४ गतेसम्म संविधान जारी हुने र त्यसपछि काग्रेसलाई सरकार नेतृत्व दिने सहमती भएको बताए ।
मन्त्री टोपबहादुर रायमाझीसँग फोटा खिच्दै अर्घाखाँची खेलकुद विकास समितिका अध्यक्ष हरि प्रसाद भटराई लगायत पदाधिकारीहरु ।
अर्घाखाँची खेलकुद विकास समितिले तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा आर्थिक सहयोग गर्ने चन्दादाताहरुलाई सोमबार गरेको सम्मान कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले अझैपनि शान्ति र संविधानलाई भाडन पार्टी भित्रका केही तत्वहरुले षडयन्त्र गरिरहेको बताए । मोहन वैद्य समुहले पाँच बुदे सम्झौता खारेज गर्न दिएको अभिव्यक्ति औचित्यहीन छु उनले भने राष्ट्रिय सहमतीको सरहकारलाई सहयोग नगरे शान्ति र संविधान विरोधी भएको सावित हुने छ । माओवादी स्थायी समितिका सदस्य समेत रहेका उनले काग्रेस एमाले र मोहन वैद्य समुहलाई सरकारमा ल्याउने प्रयास भैरहेको बताए ।
खेलकुद विकास समितिले गरेको सम्मानपछि फोटो खिचाउँदै मन्त्री सायमाझीसँगै अर्घाखाँची डटकमका सम्पादक वीरेन्द्र केसी साथमा अर्घाखाँची सिमेन्ट प्रालिका महाप्रवन्धक महेन्द्र रावल ।
जेठ १४ सम्म जसरी पनि संविधान घोषणा गर्नैपर्छ बाबुराम नेतृत्वको सरकारले पहिले देखि गृहकार्य गरिरहेको छ तर पछिल्लो पटक बाबुरामकै नेतृत्वमा सहमतीय सरकारको लागि काग्रेस एमालेको आन्तरिक विवादका कारण संविधानका निर्माणका लागि केही अप्ठयारो भएको छ । सबै दलहरु मिलेर संविधान घोषणा नगरे देशमा अराजकता विखण्डन मच्चिने संकेत देखा परेको छु उनले भने त्यसैले देशलाई दुभाग्य र बर्वादिको दिशाबाट जोगाउनुको विकल्प छैन । पार्टी भित्रको आन्तरिक विवाद र संविधान हुन नदिने तत्वहरुका बावजुत ५ बुँदे सम्झौता अनुसार देश अघि बढने र सहमतीकै आधारमा संविधान जारी हुने बताए ।
कार्यक्रममा राष्टिपनि रनिङ शिल्ड प्रतियोगितामा आर्थिक सहयो् गर्ने एक दर्जना भन्दा बढी चन्दा दाताहरुलाई सम्मान सहित मायाको चिनो प्रदान गरिएको थियो । खेलकुद विकासु समितिका अध्यक्ष हरि प्रसाद भट्टराइको अध्यक्षता र उपाध्यक्ष प्रकाश बस्नेतको सचालनमा सम्पन्न भएको थियो ।
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.