दुई दिने नेपाल बन्दका कारण अर्घाखाँचीको जनजीवन प्रभाबित

सन्धिखर्क – बन्दका कारण सन्धिखर्क, चुत्राबेसी, बिहार, फुदबाङ, नरपानी, ठाडा, अंमराइ, लगायत आसपासका क्षेत्रमा यातायात, बजार, पसल, कलकारखाना शैक्षिक सस्था, कलेज  बन्द भ्एका छन ।


संघर्ष समितिमा ब्राम्हण, क्षेत्री लगाएतका बिभिन्न जातिगत संघ सगठनहरु समावेश छन् । संयूक्त संघर्ष समितिले आयोजना गरेको दुइदिने नेपाल बन्दले विहीबार पहिलो दिन अर्घाखाँची जिल्लाको  जनजीवन पूर्ण रुपमा  प्रभावित बनेको छ ।


संयुक्त संघर्ष समीतीले बन्दको पूर्व सन्ध्यामा हिजो साझ चुत्राबेसीबाट मसाल जुलुस निकालेर बजार परीक्रमा गरी सन्धिखर्क स्थित शान्ती बगैचा अगाडि मसाल जुलुस्को समापन गरेको थियो ।


 छेत्री समाजका जिल्ला अध्यक्ष लेख बहादुर टण्डन, ब्रहामण समाज जिल्ला अध्यक्ष ज्ञान राज न्यौपानेले  राष्ट्रिय अखण्डता र जातीय सदभावका लागि संयुक्त संघर्ष समीतीले आह्वान गरेको दुई दिने नेपाल बन्दका लागि सहयोग गरी दिनका लागी सबैमा अनुरोध गरेका थिए ।

 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.



अन्य समाचारहरु