सिरियाको राजधानी दमास्कसमा भएको दुईवटा शक्तिशाली वम विष्फोटमा परी कम्तीमा ४० जना मृत्‍यु

सिरियामा दुईवटा शक्तिशाली वम विष्फोट, कम्तीमा ४० जनाको मृत्यु


सिरियाको राजधानी दमास्कसमा भएको दुईवटा शक्तिशाली वम विष्फोटमा परी कम्तीमा ४० जना मारीएका छन् ।

दमास्कसमा सरकारी सेनाको जासुसी केन्द्र भनेर विश्वाश गरिएको भवनमा भएका शक्तिशाली विष्फोटमा परी दर्जनौं घाईते भएका छन् । स्थानीय समय अनुसार सिरियाका कार्यालयहरु खुल्ने समयमा श्रृंखलावद्ध विष्फोट भएका हुन् । जासुसी कार्यलय रहेको कम्प्लेक्समा पहिलो विष्फोट भएको केही समयपछि अर्को विष्फोट भएको हो ।

पहिलो विष्फोटपछि जनताहरु घटनास्थलमा भेला भएको बेला दोस्रो शक्तिशाली विष्फोट गराईएको बताईएको छ । सरकारी टेलिभिजनले विष्फोटलाई आतंकवादी हमलाको संज्ञा दिएका छन् ।

यसैविच सिरियामा खटिएको राष्ट्रसंघीय अनगमन मिशनका प्रमुख रोबर्ट मुडले घटनास्थलको निरिक्षण गरेका छन् । राष्ट्रसंघिय शान्तीदुत कोफी अन्नानको प्रस्तावअनुसार युद्धविराम जारी रहँदा भएको यो विष्फोटले सिरिया सरकार र विद्रोहीविचको शान्ती प्रयास असफलतातीर धकेलीएको संकत गरेको छ ।