पीजे क्लबले आयोजना गरेको नेपालको सबैभन्दा धेरै रकम भएको फोटो प्रतियोगितामा नरेन्द्र श्रेष्ठको यो फोटोले वर्षको उत्कृष्ट फोटो पुरस्कार जितेको छ।
पुरस्कार रकम एक लाख रुपियाँ हो। यो कान्तिपुरमा छापिएको एउटा मार्मिक समाचारको फोटो थियो। अनुहारमा रौँ पलाएका कारण बोक्सी भनेर सताउने गर्थे यिनलाई धेरैले। पछि शल्यक्रिया गरेपछि उनको अनुहारको रौँ हट्यो। व्यवसायिक फोटो पत्रकार र शौखिन फोटोग्राफर दुवै सहभागी गराइने यो प्रतियोगितामा पुरस्कार भने धेरैजसो पत्रकारले नै जिते।
कान्तिपुरमा आवद्ध नरेन्द्र श्रेष्ठले न्युज र टुरिजम विधामा पनि पहिलो पुरस्कार जिते भने फोटो स्टोरीमा पनि तेस्रो रहे। प्रथम द्वितीय र तृतीय हुनेलाई क्रमशः रू. ३०, रू. २० रू. १० हजार पुरस्कार दिइन्छ।
टुरिजम विधामा सर्वोत्कृष्ट भएको नरेन्द्र श्रेष्ठको यो तस्बिर ल्होसार मनाउँदै गर्दा धम्पुसमा खिचिएको हो।
फोटो पत्रकार (पिजे) क्लबले आयोजना गरेको फोटो प्रतियोगितामा छानिएका फोटोहरु र पुरस्कृत फोटोहरुको प्रदर्शनी आजदेखि बबरमहलस्थित आर्ट काउन्सिलमा सुरु भएको छ। जेठ २ गतेसम्म हुने प्रदर्शनी निशुल्क हेर्न सकिने क्लबले जनाएको छ। प्रतियोगितामा ८ सयभन्दा बढी फोटोग्राफरहरुको करिब ७ हजार फोटो पठाएका ती मध्ये। ती मध्ये छानिएका डेढ सयभन्दा बढी फोटोहरु प्रदर्शनीमा राखिएका हुन्। ती मध्ये हरेक विधामा तीन वटा फोटोलाई उत्कृष्ट ठहर्याइएको थियो। हेर्नुस्, हरेक विधामा उत्कृष्ट ठहरिएका फोटो-
डेली लाइफ विधामा उत्कृष्ट ठहरिएको यो फोटो लक्ष्मीप्रसाद ङाखुसीले खिचेका हुन्।
न्युज विधामा सर्वोत्कृष्ट भएको यो फोटो कुशे औँसीका दिनमा गोकर्णमा बगाउन लागेका व्यक्तिलाई बचाउँदै गर्दाको हो। यसलाई नरेन्द्र श्रेष्ठले खिचेका हुन्।
नेचर एन्ड वाइल्ड लाइफ विधामा उत्कृष्ट ठहरिएको यो फोटो तरहरामा स्वतन्त्र फोटोग्राफर यात्रा थुलुङले खिचेका हुन्।
वर्ष फोटोका साथ एक लाख रुपियाँ पुरस्कार पाएको यो फोटो नरेन्द्र श्रेष्ठले खिचेका हुन्।
गोपाल चित्रकार (वरिष्ठ फोटोपत्रकार), जगदिश तिवारी (वरिष्ठ ल्यान्डस्केप फोटोग्राफर), विजय कुमार पाण्डे (वरिष्ठ पत्रकार), आदित्य बराल (निर्देशक, नेपाल पर्यटन बोर्ड), मणि लामा (वरिष्ठ फोटोग्राफर), सुजन चित्रकार (संयोजनक आर्ट एन्ड डिजाईन, काठकमाडौं युनिभर्सिटी ) बिकास रौनियार (फोटो सम्पादक कान्तिपुर ) र चन्द्रशेखर कार्की (फोटो सम्पादक, रिपव्लिका)को निर्णयक मण्डलले विधागत उत्कृष्ट फोटो छानेको क्लबका विकास कार्कीले बताए।
पुरस्कार जित्ने फोटो:
विधाः डेली लाइफ
1st