– प्रेमनारायण आचार्य
अर्घाखाँची ३० बैसाख । अर्घाखाँचीको ऐतिहासिक स्थल पाणिनि तपोभूमिमा आगामी जेठ १ गतेदेखि ९ गतेसम्म गर्न लागिएको श्रीमद्भागवत् प्रवचन तथा शिवपुराण अनुष्ठान वत्तिस करोड दिब्य दीप प्रज्ज्वलन पाणिनि महोत्सव तथा राष्ट्रकल्याण महायज्ञको तयारी अन्तिम चरणमा पुगेकॊ छ ।
महायज्ञका प्रचार संयोजक विष्णु पोखरेलले महायज्ञलाई ब्यवस्थीत वनाउने क्रममा विभिन्न निर्णयहरु गरेर खटेको बताए । जिल्ला विकास समिति अर्घाखाँचीका पूर्व सभापति खगेन्द्रराज पाखरेलको संयोजकत्वको मूल समितिले महायज्ञको तयारी तीव्र पार्ने क्रममा विभिन्न काम गरेको उनले बताए ।
टोलिमा आर्थिक समितिका संयोजक धनराज पोखरेल ब्यवस्थापन समितिका संयोजक रुद्र पोखरेल सहितको टोलि महायज्ञ स्थल ब्यवस्थीत गर्नेदेखि विभिन्न कामहरु भएका छन । महायज्ञमा प्रमुख वाचिकाका रुपमा सुश्री तारा घिमिरे रहेकी छिन ।
हजारौं बर्ष पुरानो इतिहास बोकेको पाणिनि तपोभूमिमा प्राचीन कालमा तक्षशिला बिश्वबिद्यालयका प्राध्यापक भाष वैज्ञानिक महर्षि्र पाणिनिआइ तपस्या गरेको भन्दै आयोजकले यही कारण यस स्थानको महत्व बढी रहेको बताउदै आएका छन । यहाँ पाणिनिले भगवान् शिवको तपस्या गरेको बताइन्छ ।
त्यसो त पाणिनि तपस्याका लागि उत्तरापथतिर आएको कुरा भारत तथा नेपालका विज्ञहरुले प्रमाणित गरेका छन् । शान्त र मनोरम स्थान यस पाणिनि तपोभूमिमा आई महर्षि पाणिनिले भगवान् शिवको तपस्या गरेका कारण यस स्थानको महत्व बढी रहेको बुढापाकाहरुको भनाइ छ । पहाडको टुप्पोमा करिव ५ सय रोपनी समथर भूभागको बीचमा ठूलो पुष्करिणी दह रहेको छ ।
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.