काठमाडौं – अखण्ड सुदूरपश्चिम नागरिक आन्दोलन समिति र सरकारबीचको वार्ता शनिबार निष्कर्षविहीन सकिएको छ ।
शान्ति मन्त्रालयमा सरकारी वार्ता टोलीसँग भएको वार्ता विषय प्रवेश नभई स्थगित भएको वार्ता टोली सदस्य नैनसिंह महरले जानकारी दिए ।