मध्यपश्चिम बन्दले जनजीवन प्रभावित

जातीय राज्य चाहिँदैन, मध्यपश्चिम टुक्राउन पाईदैन, थारु, मधेसी, पहाडी भाईभाई भन्ने नारासहित आह्वान गरिएको मध्यपश्चिम बन्दले जनजीवन प्रभावित बनेको छ ।

 

बन्दको प्रभाव सबैभन्दा बढी बर्दिया र दैलेखमा परेको छ ।

 

दुबै जिल्ला चार दिनदेखि ठप्प छन् । बन्दका कारण लामो तथा छोटो दूरीका गाडी चल्न सकेका छैनन् ।

 

उद्योग, व्यापार, कलकारखाना विद्यालय बन्द गरिएका छन् । सरकार र राजनीतिक दलले आफ्ना मागको बेवास्ता गरेको भन्दै अखण्ड मध्यपश्चिम संयुक्त संघर्ष समितिले अनिश्चितकालिन मध्यपश्चिम बन्दको घोषणा गरेको हो ।

यस्तै, चितवनदेखि कञ्चनपुरसम्म थरुहट राज्य घोषणा गर, अखण्ड मध्यपश्चिम मान्दैनौ थारुवान थरुहट छाड्दैनौ भन्दै थारु संयुक्त संघर्ष समितिले पनि आन्दोलन चर्काएका छन् ।

 

जातीय राज्यको पक्ष र विपक्षको दोहोरो प्रदर्शनको मारमा भने सर्वसाधारण परेका छन् । RSS