अफगानिस्तानमा शान्तीवार्ताका लागि प्रयासरत वरिष्ठ मध्यस्थकर्ता अर्सला रहमानीको गोली हानी हत्या

अफगानिस्तानमा शान्तीवार्ताका लागि प्रयासरत वरिष्ठ मध्यस्थकर्ता अर्सला रहमानीको गोली हानी हत्या गरिएको छ । पुर्व तालीवान सरकारका मन्त्री समेत रहेका रहमानीको आज विहान काबुलस्थित कार्यालय जाँदै गर्दा गोली हानी हत्या गरिएको हो ।

 

रहमानीको हत्याले अफगानिस्तानमा तालीवानहरुसँग जारी वार्ता प्रयासमा ठुलो धक्का लाग्ने बताईएको छ ।

गत सेप्टेम्बरमा वार्ता टोलीका संयोजक बुरानुद्दीन रब्बानीको हत्या गरिएपछि तालीवानका वरिष्ठ कमाण्डरहरुसँग रहमानीले संवाद गर्दै आएका थिए ।

 

रहमानीको पनि हत्या गरिएपछि अफगान अधिकारीहरुलाई तालीवानका वरिष्ठ कमाण्डरसँग विश्वासीलो सम्पर्क स्थापित गर्नै कठिन हुने बताईएको छ ।