उत्तरी मेक्सिकोको मोन्टेरी शहरमा ४९ शव सडक छेउमा फेला परेको छ । क्षत बिक्षत अबस्थामा फेला पारिएका ती शव ४३ पुरुष र ६ महिलाको रहेको सुरक्षाकर्मीले जनाएको छ ।
कसैको हात र टाउको काटिएका, कसैको अनुहार कुच्चिएकाले शवको पहिचान हुन गाह्रो भएको छ । शव नजिकै जेतास नामक समूहले हत्याको जिम्मेवारी लिएको पर्चा भेटिएको छ ।
जेतासले आफुलाई अमेरिकी सीमामा लागु पदार्थ तस्करहरुबिरुद्ध लड्दै आएको समूह भनेर चिनाउन खोजेको छ, यद्यपी प्रहरीले लागु औषध तस्करकै दुई समुह बीच भिडन्त भएको आशंका व्यक्त गरेको छ। मेक्सिकोमा पछिल्लो समयमा लागु औषध कारोवारसँग सम्बन्धित हिंसामा आमसंहारको क्रम बढ्दै गएको छ ।
फेला परेका सबै शब लागु औषध तस्करहरुकै हुन सक्ने बताइएको छ । दुई दिन अघि अन्य क्षेत्रमा हत्या गरिएको र शवलाई ट्रकबाट त्यहाँ फालिएको अधिकारीहरुको भनाई छ ।