इन्टरनेट संजालको ठूलो कम्पनी याहूका मुख्य कार्यकारी निर्देशक स्कट थम्पसनले पद छाडेका छन् ।
जागिरका लागि कम्प्यूटर साइन्समा डिग्री हासिल गरेको नक्कली बिबरण पेश गरेको आरोप लागेपछि उनले पद त्यागेका हुन् ।
जनवरीदेखि याहूका मुख्य कार्यकारी निर्देशक बनेका स्कट थम्पसन्सँग कम्प्यूटर साइन्समा डिग्री गरेको प्रमाण नभेटिएको याहूले जनाएको छ । कम्पनीका ग्लोबल मेडिया प्रमुखलाई याहूको अन्तरिम कार्यकारी निर्देशकका रुपमा नियुक्त गरिएको छ ।
याहूले नयाँ बोर्ड निर्देशक बनाउन फ्रेड अमोर्सोको नाममा पनि छलफल भइरहेको जनाएको छ ।