भारत छत्तीसगढमा माओवादी छापामारहरुद्धारा भारतीय जनता पार्टीका नेता र व्यापारीको अपहरण

भारत छत्तीसगढको सुकमा जिल्लामा माओवादी छापामारहरुले भारतीय जनता पार्टीका एक नेता र व्यापारीको अपहरण गरेका छन् ।

 

सुकमा जिल्लाका भाजपा महासचिव किच्चे जोगा र मोचा नामका व्यापारीको अपहरण गरिएको हो । दन्तेवाडेमा आक्रमण गरेको २४ घण्टा नबित्दै माओवादीले अपहरण गरेका हुन् ।

 

आइतवार मात्र माओवादीले ६ सुरक्षाकर्मी र अर्का एक जनाको हत्या गरेका थिए । सुकमा जिल्लाबाट अहिलेसम्म माओवादीले थुप्रैंलाई अपहरण गरेको जनाइएको छ ।