पेरिस – फ्रान्सका नव निर्वाचित राष्ट्रपति फ्रांस्वा ओल्यान्डले राष्ट्रपति पदको सपथ ग्रहण गरेका छन्।
१७ वर्षपछि एलिसी प्यालेसमा पुग्ने पहिलो समाजबादी नेता ओल्यान्डले कमजोर अर्थ व्यवस्थाका बारेमा बोल्दै आगामी चुनौतिका बारेमा आफूलाई जानकारी भएको बताए।
उनले युरोपका लागि एउटा नयाँ बाटो खोज्न आव्हान गरेका छन्।
५७ वर्षीय राष्ट्रपतिले केही घण्टापछि नै बर्लिन गएर जर्मनीका चान्सलर एंगोला मर्केलसँग भेट्ने भएका छन्। त्यसक्रममा उनले आर्थिक संकटमा परेका युरोपेली मुलुकका बारेमा छलफल गर्ने भएका छन्। – एजेन्सी