माओवादी पुष्पकमल दाहालले जातीय संघियताको विरोध गर्नेमाथि प्रतिकार गर्न निर्देशन दिएपछि सुदूर पश्‍चिममा मारपिट

अखण्ड सुदूर पश्‍चिमको माग राख्दै आन्दोलनरत पक्षले एकीकृत माओवादीको पार्टी कार्यालय र थारुहट स्वायत्त राज्य परिषद्को कार्यालय फेडेका छन्।


माओवादी अध्यक्ष पुष्पकमल दाहालले जातीय संघियताको विरोध गर्नेमाथि प्रतिकार गर्न निर्देशन दिएको तेस्रो दिन त्यस विरुद्ध धनगढीमा गर्न लागेको कार्यक्रममा माओवादी कार्यकर्ताले अवरोध गर्दा झडप भएको बताइएको छ ।

कार्यालय तोडफोडपछि भने वाइसिएलसहितका माओवादी कार्यकर्ताहरु पछाडि हटेका छन्।


झडपमा राना थारु समाजका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रामसमत राना, नोकराम चौधरी, राजेश रावल र हेमन्त कुँवर घाइते भएका छन्।


धनगढी बजारमा दुबै पक्षले लाठी, ढुङ्गा हानाहान गरेका थिए । धेरैबेर स्थिति प्रहरी नियन्त्रणबाहिर रह्यो। गुलेली, ढुंगा प्रहार दुबै पक्षबाट भइरहेको थियो।


धनगढीको क्याम्पस रोडमा पनि अखण्ड सुदुरपश्चिमका समर्थक र थरुहट समर्थकहरुवीच आज झडप भएको छ । धनगढीमै आमसभा गरेर फर्कदै गरेका अखण्ड सुदुरपश्चिम समर्थकहरुलाई क्याम्पस रोडमा रहेका थरुहट समर्थकले आक्रमण गरेका थिए ।

 

झण्डै एक घण्टा सम्म भएको झडपमा थरुहट समर्थक तीन जना घाईते भएको बताईएको छ । थरुहट समर्थकहरुसँगै माओवादी र वाईसीएलका कार्यकर्ताहरुले पनि सुदुरपश्चिम समर्थकहरुमाथि आक्रमण गरेको बताईएको छ । अहिले सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । RSS