सो अवसरमा सभापति कोइरालाले लोकतान्त्रिक मूल्यमान्यतामा सम्झौता नगरी सबै पक्षलाई समेट्नुपर्नेमा आफ्नो पार्टी स्पष्ट रहेको र सोही बमोजिम भूमिका निर्वाह गर्न आफू तयार रहेको जानकारी दिएका थिए।
कोइरालासँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै एनेकपा (माओवादी)का वरिष्ठ उपाध्यक्ष वैद्यले सबैलाई समेट्दै अगाडि बढ्न काँग्रेसले अहम् भूमिका निर्वाह गर्नुपर्ने आफ्नो धारणा सभापति कोइरालासमक्ष राखेका थिए। ‘हिजो आफूहरुको जानकारीबिना एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसमेतको संलग्नतामा भएको सहमतिप्रति आफूहरु सहमत नभएको जानकारी गरायौँ।’
यसैबीच आजै बिहान दरै समुदायका प्रतिनिधिहरुले सभापति कोइरालालाई एक ज्ञापनपत्र बुझाउँदै आफूहरुको समुदायका लागि पनि पहिचानसहितको स्वायत्त राज्यको माग गरेका छन्। सो अवसरमा सभापति कोइरालाले नयाँ संविधानमा सबै जातजातिको अधिकार सुनिश्चित हुने बताएका थिए। रासस