– उमाकान्त पाण्डे ” गाउले ” / कृष्ण खनाल – बुटवल नेपालको प्रमुख ब्यापारिक केन्द्र मानिने बुटवलमा बन्दका कारण तरकारी तथा फलफुल ब्यवसाय चौपट बनेको छ । दैनिक १ करोड बढी कारोबार हुने बुटवल कृषि उपज तरकारी तथा फलफुल थोक केन्द्रलाई अहिले दैनिक करोडौको नोक्सान भएको छ । “यस् केन्द्र बाट दैनिक २ सय मेट्रिक टन तरकारी तथा फलफुल खपत हुने गर्दथ्यो,तर आजभोली दिनहुजसो हुने गरेका बन्दका कारण कारोबर ठप्प रहेको केन्द्रका अध्यक्ष कलाधर पन्थीले बताउनु भयो ।
लगातारको बन्दको कारण फलफुल तथा तरकारी स्टक गरेर राख्ने चिस्यान केन्द्र नहुँदा यसक्षेत्रमा करिव ४० लाख बरावरको तरकारी तथा फलफुल नष्ट भएको हो ।
राजधानी बाहिरको सबैभन्दा ठुलो