माओवादी वैद्य पक्षद्धारा तीन दलले गरेको सहमति राष्ट्र र जनविरोधी भन्दै नेपाल बन्दसम्मको कडा कार्यक्रम सार्वजनिक

काठमाडौं – माओवादीभित्रको असन्तुष्ट वैद्य पक्षले साना दलहरुसँग मिलेर बनाएको मोर्चाको संयुक्त राष्ट्रिय जनआन्दोलन समितिको बुधबार बसेको बैठकले तीन दलले गरेको सहमतिको विरोधमा नेपाल बन्दसम्मको कडा कार्यक्रम सार्वजनिक गरेको छ।

माओवादीनिकट जनवर्गीय संगठनको कार्यालय बुद्धनगरमा बसेको वैठकले तीन दलका शीर्ष नेताहरुले गरेको सहमतिलाई ‘राष्ट्र र जनविरोधी’ भन्दै स‍ंघर्षका कार्यक्रम सार्वजनिक गरेको हो।


कार्यक्रम अनुसार जेठ ११ गते देशका ७२ जिल्लाका सदरमुकाममा एकसाथ र्‍याली, धर्ना र विरोध कार्यक्रमको आयोजना गर्ने, काठमाडौं उपत्यकाका तीनै जिल्लामा संयुक्त र्‍याली, धर्ना र विरोध कार्यक्रम नयाँ बानेश्वर चोकमा आयोजना गर्ने र सबै जिल्ला सदरमुकाम र काठमाडौँमा त्यसै दिन मसाल जुलुस निकाल्ने रहेको छ।


जनजाति र मधेसी मोर्चाले घोषणा गरेका कार्यक्रममा समर्थन र सहयोग गर्ने पनि बैठकले निर्णय गरेको छ।  नागरिक