प्रमुख तीन दल वीच मन्त्रालय बाडफाडको विषयमा भएको छलफल विनानिष्कर्स

काठमाडौ, ४ जेठ । प्रमुख तीन दल वीच मन्त्रालय बाडफाडको विषयमा भएको छलफल विनानिष्कर्स टुङगिएको छ । प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रिय सहमतिको रुप लिएपछि आज बिहान मन्त्रीहरुको कामको जिम्मेवारीको बारेमा सत्ता गठबन्धन दलहरुबीच कुराकानी भएको बताइएको छ ।

दलहरुवीच सहमति हुन नसक्दा माओवादी, काग्रेस र एमालेका तर्फबाट मन्त्री नियूक्त भएका मन्त्रीहरु जिम्मेवार विहीन बनेका छन् ।


माओवादीका तर्फबाट उपप्रधानमन्त्रीमा नारायणकाजी श्रेष्ठ, काग्रेसका कृष्णप्रसाद सिटौला र एमालेका ईश्वर पोख्रेलसहितका १० जना मन्त्रीहरु जिम्मेवार विहीन बनेका छन । मोर्चाका मन्त्रीहरुले भने पुरानै जिम्मेवारी पाएका छन् । RSS