पश्चिमा राष्ट्रहरुको विरोधकै विच उत्तर कोरीयाले आफ्नो विवादास्पद आणविक भट्टी निर्माण कार्य सुचारु

पश्चिमा राष्ट्रहरुको विरोधकै विच उत्तर कोरीयाले आफ्नो विवादास्पद आणविक भट्टी निर्माण कार्य सुचारु गरेको छ । गत महिना रकेट प्रक्षेपणको असफल प्रयास रेको उत्तर कोरीयाले विश्व जगतलाई गुमराहमा राख्दै आणविक रियाक्टर निर्माण कार्यलाई फेरी तिव्रता दिएको दावी एक अमेरीकी संस्थाले गरेको हो ।

उक्त संस्थाले जनाएअनुसार गत डिसेम्बरमा रोकीएको निर्माण कार्यलाई उत्तर कोरीयाले अहिले फेरी सुचारु गरेको छ ।

योङबोन आणविक साईट आफनो उर्जा विकाशको लागि लक्षीत भएको दावी उत्तर कोरीयाले गरीरहेको बेला जानकारहरुले भने यो भट्टीबाट विस्तारीत युरोनियम प्रशोधन गर्न सकिने दावी गरेका छन् ।

विवादास्पद आणविक कार्यक्रमको कारण पश्चिमा राष्ट्रहरुसँग शत्रुतापुर्ण सम्बन्ध झेलीरहेको उत्तर कोरीयालाई पछिल्लो खुलाशाले झनै संकटमा पार्ने दावी गरिएको छ ।