पश्चिमी अफगानिस्तानको फराह प्रान्तमा गराइएको आत्मघाती आक्रमणमा ७ जना मारिएका छन् भने १३ जना घाइते भएका छन् ।
प्रान्तिय सरकारी बिभागको कार्यालय परिसरमा उक्त बिष्फोट गराइएको थियो। कार्यालय परिसरको मुल ढोकामा एक जआत्मघाती आक्रमणकारीले आफुलाई बिष्फोट गराएका थिए भने अन्य २ जना परिसर भित्र प्रबेश गरेका थिए । मारिएका अन्य ६ जना सुरक्षाकर्मी हुन् । फराह प्रान्तका उपमन्त्री महम्मद यूनूस् रसुलीका अनुसार आक्रमणमा १५ जना मारिएको हुनसक्ने बताएका छन् ।
आक्रमणकारी सुरक्षाकर्मीको पोसाक लगाएर कम्पाउण्ड भित्र प्रबेश गरेको उनले बताएका छन् । आक्रमणका क्रममा रसुली र उनका छोरालाई पनि गोली लागेको छ । करिब एक घ०टा सम्म भएको आक्रमणमा आक्रमणकारीहरुले रकेट, ग्रिनेड र पेस्तोल प्रयोग गरेको बताइएको छ ।