अन्तरिम संविधान संशोधनका लागि बोलाईएको ब्यवस्थापिका संसदको ११ औं अधिवेशन आजदेखि सुरु भएको छ । संसद बैठकमा अन्तरिम संविधानको धारा ७० को संसोधन विधेयक प्रस्तुत गर्ने कार्यक्रम छ । सभामुख सुवास नेम्वाङले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र बढेर सुनाएपछि संसद अधिवेशन औपचारीक रुपमा शुरु भएको हो ।
११ औं अधिवेशनको पहिलो बैठकमा सभामुख नेम्वाङले प्रधानमन्त्री कार्यालयबाट प्राप्त मन्त्रीहरु नियुक्तिसम्बन्धी पत्रहरु पढेर सुनाउनुभयो । संसदको हिउंदे अधिवेशनमा बिभिन्न विधेयकहरुमाथि छलफल गर्ने तथा पारित गरिन्छ ।
संसदको आजको पहिलो बैठक केहीबेर बसेर आजै साढे ५ बजेसम्मका लागि स्थगित भएकोमा मधेशी दलहरुको असहमतिका कारण अहिलेसम्म शुरु हुन सकेको छैन । संविधानसभा बैठक भने भोलिसम्मका लागि स्थगित गरिएको छ । RSS