राष्ट्रिष प्रजातन्त्र नेपालको एक दिने बन्दका कारण जनजीवन प्रभावित

काठमाडौ –  राष्ट्रिष प्रजातन्त्र पार्टी नेपालको एक दिने बन्दका कारण राजधानी उपत्याका लगायत विभिन्न स्थानको जनजीवन प्रभावित भएको छ । राष्ट्रिय अखण्ताका लागि भन्दै गरिएको बन्दका कारण राजधानीमा ठूला भाडाका सवारी साधनहरु चलेका छैनन् ।

ट्याक्सी, मोटरसाइकल तथा निजी सवारी साधनहरु भने दिउँसो चलिरहेको देखिएको छ । भाडाका ठूला गाडी नचल्द गन्तव्यतर्फ जाँदै गरेको यात्रुहरु हिंडी रहेका छन् । मूल सडकका पसलहरु नखुलेको तथा शैक्षिक संस्थाहरु बन्द रहेपनि भित्री बजारहरु निर्वाध रुपमा चलेका छन् ।

बन्दकर्ताले राजधानीका विभिन्न स्थानमा गरी तीन दर्जन सवारी साधनमा तोडफोड गरेको तथा जवरजस्ती बन्द गरेको भन्दै ५० भन्दा बढी बन्दकर्ता पक्राउ गरिएको बताइएको छ ।

कान्तिपुर

दिनहुँ बन्दले जनजीवन कष्टकर, इन्धन नभएपछि एम्बुलेन्स पनि चल्न छाड्यो

माधब अर्याल

पाल्पा