अमेरिकामा पहिलो पटक श्वेत बच्चाको तुलनामा अन्य बच्चाहरूको जन्म बढी

वासिङ्टन (एजेन्सी) -अमेरिकामा पहिलो पटक श्वेत बच्चाको तुलनामा अन्य बच्चाहरूको जन्म बढी मात्रामा हुन थालेको छ।

यसरी श्वेत बच्चाको जन्ममा हुन थालेको कमीको पं्रमुख कारण अन्य मुलुकबाट हुदै आएको वसाइ सराइ भएको बताइएको छ।

गत वर्ष जुलाईमा सम्पन्न एक वर्षको अवधिका क्रममा त्यहाँ जन्मेका मध्ये श्वेत बच्चाको संख्या आधाभन्दा कम भएको वासिङ्टन स्थित जनगणनाको तथ्याङ्गले दर्शाएको छ।

तथ्याङ्क अनुसार अमेरिकामा त्यस क्रममा जन्मेका बच्चा मध्ये ५४ प्रतिसत अश्वेत, एसियाली तथा मिश्रीत रङ्गका थिए।